गण्डकीमा थप १५ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     असाेज ३ गते २०७७ मा प्रकाशित


पोखरा, ३ असोज । गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लाका १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेमा नवलपरासी (ब.सु.पू.)का ११, पर्वत २, स्याङ्जाका १ र लमजुङका १ जना छन् । आज संक्रमित पर्बत जिल्ला, कुश्मा नगरपालिकाका ३५ वर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत हुन् भने नवलपरासी (ब.सु.पू.) हुप्सेकोट–५ का ३७ वर्षीया महिला स्वास्थ्य स्वयंसेविका हुन् । अन्य सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ५१ पुगेको छ ।



Tags: