गण्डकीमा थप ५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४ सय नाघ्यो

-


     मर्दी न्युज    
     असाेज ३ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा फेरि थप ५१ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लाका ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेमा नवलपुरका ३४, कास्कीका १३, तनहुँका ३ र स्याङ्जाका १ जना छन् ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय २ पुगेको छ । तीमध्ये १९ सय ७५ जना निको भएका छन् ।

पोखराका संक्रमितमध्ये पोखरा ४ का ४१ वर्षीय पुरुष पोखरा विश्वविद्यालयमा कार्यरत १ जना चिकित्सक हुन । अन्य सबै व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कोरोनाको परिक्षणका लागि आएका व्यक्तिहरु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



Tags: