६ जना प्रहरीसहित गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     असाेज ४ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा थप ३० जनामा फेरि कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दिउँसो १ः३० बजेको अध्यावधिक विवरण अनुसार संक्रमित पोखरा महानगरपालिकाका ७ का ६ जना प्रहरीसहित १३ जना, तनहुँका २ र लमजुङका १५ जना गरी ३० रहेका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा ७ का ६ जना प्रहरीसहित पोखरा महानगरका १३ जनामा कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । त्यस्तै तनहुँका दुवैजना महिला जी.पी. कोईराला राष्ट्रिय स्वाशप्रश्वास उपचार केन्द्रमा उपचाररत हुन् भने बाँकी सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएका छन ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ३८ जना पुगेको छ ।



Tags: