कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४११ पुग्यो

-


     मर्दी न्युज    
     असाेज ४ गते २०७७ मा प्रकाशित


पोखरा, ४ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । देशभर आज थप १० जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४११ पुगेको छ ।

गत २४ घण्टामा मृत्यु हुनेमा ६ महिला र ४ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंका ४०, ६० र ६३ वर्षीया ३ जना, ललितपुरका ७५ वर्षीया, भक्तपुरका ७२ वर्षीया र पाल्पाका ४० वर्षीया गरी ६ महिला रहेका छन् ।

यस्तै पुरुषहरुमा धनुषाका ७६ वर्षीय, काठमाडौंका ८२ वर्षीय, चितवनका ८० वर्षीय र रुपन्देहीका ६७ वर्षीय गरी ४ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: