
फाइल तस्विर
पोखरा, ४ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । देशभर आज थप १६ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४२७ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा ३ महिला र १३ जना पुरुष रहेका छन् । मृतकमा महिलामा मकवानपुरका १७ वर्षीया, ललितपुरका ५८ वर्षीया र दोलखाका ५२ वर्षीया गरी ३ महिला रहेका छन् ।
यस्तै पुरुषहरुमा झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, भक्तपुरका ६२ र ८४ वर्षीया गरी २ जना, काठमाडौंका ५८ र ७३ गरी २ जना, मकवानपुरका ६८ वर्षीय, ललितपुरका ६१, चितवनका ५५, रुपन्देहीका ६७ वर्षीय, बाँकेका ५० र ५९ गरी १३ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

