गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     असाेज ६ गते २०७७ मा प्रकाशित


पोखरा, ६ असोज । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लो पटक जारी गरेको अध्यावधिक विवरणअनुसार प्रदेशका ३ जिल्लामा गरी ११ जना संक्रमित थपिएका हुन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा लमजुङका ६ जना, तनहुँका ४ जना र बागलुङका १ जना गरी ११ जना नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमितमध्ये बाग्लुङ जिल्ला, बरेङका १९ वर्षीय पुरुष, लमजुङ जिल्ला बेसीसहर–९ का २८ वर्षीय पुरुष, बेसीसहर ४ का ३० वर्षीय पुरुष र तनहुँका चारैजना गरि ७ जना पुरुषहरु भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी लमजुङ बेसीसहर–८ का २६ वर्षीया महिला र २२ वर्षीय पुरुष सनराईज बैंकमा कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ४ सय ९३ पुगेको छ ।

सबै संक्रमितलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैइरहेको निर्देशक शर्माले जानकारी गराए ।



Tags: