पोखराका ८ जनासहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     असाेज ६ गते २०७७ मा प्रकाशित


पोखरा, ६ असोज । पोखराका ८ जनासहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले तेस्रोपटक जारी गरेको विज्ञप्तिअनुसार प्रदेशका कास्कीका ८ र तनहुँका २ जना गरी १० जना संक्रमित थपिएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका ८ जना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितमध्ये पोखरा महानगर १३ र ८ का २ जना पुरुष र तनहुँ जिल्ला, शुक्लागण्डकी–७ का ३९ पुरुष गरी ३ जना भारतबाट, पोखरा –९ का २४ वर्षीय पुरुष बारा जिल्लाबाट र ४ का ७१ वर्षीय महिला काठमाडौँबाट आएकाहरु भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै पोखरा –७ का ३७ वर्षीय पुरुष वन कार्यालयमा कार्यरत कर्मचारी हुन भने तनहुँ जिल्ला, शक्लागण्डकी–६ का ३० वर्षीया महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गर्भवती महिला भएको निर्देशनालयले जनाएको छ । अन्य संक्रमितहरु पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोनाको परिक्षणका लागि आएको र सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको व्यहोरा अनुरोध छ प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ५ सय ३ पुगेको छ ।



Tags: