
पोखरा । पोखरामा फेरि थप ११ जनासहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगर वडा नम्बर ७ मा कार्यरत ५ जना प्रहरीसहित पोखराका थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा ३ का २ पुरुषसहित १ महिलालाई संक्रमण पुष्टि भएको छ । उनीहरु भारतसहित सुनसरी तथा सप्तरीबाट पोखरा आएका हुन् । संक्रमितहरु क्वारेनिटनमा नै रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यसैगरी पोखरा महानगरपालिका १४ का २ महिलासहित १ पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यता क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा नवलपुर का ९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको विनयत्रिवेणी तथा मध्यविन्दुका हुन् । २ जना महिला सहित ७ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ५ सय २३ पुगेको छ ।


