गण्डकी प्रदेशमा फेरि थप ३१ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     असाेज ७ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा फेरि ३१ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको बुधवार दोस्रोपटक जारी विज्ञप्तिअनुसार प्रदेशभर ५ जिल्लाका ३१ जना संक्रमित थपिएको हो ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा कास्कीका ५, स्याङ्जाका ३, तनहुँका ११, बागलुङका ८ र पर्वतका ४ जना गरी ३१ जना थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

संक्रमितमध्ये पर्वत जिल्ला, कुश्मा नगरपालिकाका ३ जना पुरुषहरु नेपाल आर्मीमा कार्यरत हुन् भने वार्ड नं १ का १ जना पुरुष र बाग्लुङ जिल्लाका सबै भारतबाट आई क्वारेन्टाइनमा रहेकाहरु भएको निर्देशनालयले जनाएको छ । त्यस्तै स्याङ्जा बिरुवाका ३० वर्षीय पुरुष शिक्षक हुन् भने तनहुँ ब्यास–१० का ४८ वर्षीय पुरुष विद्युत कार्यालय दमौलीमा कार्यरत कर्मचारी हुन् । बाँकी अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।

सबै संक्रमित व्यक्तिहरूलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



Tags: