कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

-


     मर्दी न्युज    
     असाेज ७ गते २०७७ मा प्रकाशित


पोखरा, ७ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । देशभर आज थप ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४३६ पुगेको छ ।

गत २४ घण्टामा मृत्यु हुनेमा १ महिला र ६ जना पुरुष रहेका छन् । मृतकमा महिला काठमाडौंकी ६८ वर्षीया रहेका छन् ।

यस्तै पुरुषहरुमा झापाका ८६ वर्षीय, सिराहाका ५० वर्षीय, काठमाडौंका १६ वर्षीय, ललितपुरका ७४ वर्षीय र बर्दियाका ३९ र ६४ वर्षीय २ पुरुष गरी ६ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: