
पोखरा । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको अध्यावधिक विवरणअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित वडा नम्बर ९ का ४२ वर्षीय एक पुरुष , वडा नम्बर १० का ३२ र ३४ वर्षीय गरी २ पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का ४२ वर्षीय पुरुष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरामा कार्यरत कर्मचारी हुन् । उनी काठमाडौँबाट आएका थिए ।
सबै संक्रमितलाई आईसोलेसन व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ८२ पुगेको छ ।

