थप १४९७ जनामा कोरोना संक्रमण, ४५७ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     असाेज ८ गते २०७७ मा प्रकाशित


पोखरा, ८ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बिहीबारसम्म होम आइसोलेसनमा ९ हजार ८ सय २३ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ६ सय १४ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १८ हजार ४ सय ३७ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ९ लाख ५५ हजार ९ सय २३ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी बिहीबारसम्म क्वारेन्टाइनमा ६ हजार ५ सय ६५ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ४ सय ५७ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ५० हजार ४ सय ११ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा १७ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।



Tags: