
फाइल तस्विर
पोखरा, ८ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । देशभर आज थप १७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४५३ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा ५ महिला र १२ जना पुरुष रहेका छन् । मृतकमा महिलामा मोरङका ५५ वर्षीया, सुनसरीका ८१ वर्षीया, भक्तपुरका ७३ वर्षीया, काठमाडौंका ८२ वर्षीया र धादिङका ३२ वर्षीया गरी ५ जना रहेका छन् ।
यस्तै पुरुषहरुमा झापाका ७८ वर्षीय, धनुषका ६८ र ७० वर्षीय २ जना, रौतहटका ६५ वर्षीय, भक्तपुरका ८४ वर्षीय, काठमाडौंका ७५, ७९ र ८० वर्षीय गरी ३ जना, तनहुँका ३९ वर्षीय र दाङका ३९ वर्षीय, कपिलवस्तुका ५० वर्षीय र नवलपरासीका ५५ वर्षीय पुरुष गरी १२ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।