
पोखरा । गण्डकी प्रदेशमा फेरि थप २२ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेज, चितवन, बि.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल, चितवन र नेसनल प्याथ ल्याब, रुपन्देहीमा गरिएको परीक्षणमा प्रदेशका २ जिल्लाका २२ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेमा नवलपुरका १९ जना र स्याङ्जाका ३ जना छन् ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ४ पुगेको छ । तीमध्ये २४ सय ५९ जना निको भएका छन् भने ३२ जनाको मृत्यु भइसकेको छ ।
नवलपरासी (ब.सु.पू) जिल्ला, कावासोती–८ का ४२ वर्षीय पुरुष भारतबाट आएका व्यक्ति हुन भने अन्य सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


