
पोखरा । वडा अध्यक्षसहित वडाका सबै कर्मचारीको पिसिआर रिपोर्ट नआउँदासम्मका लागि पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालय सिल गरिएको छ ।
गत असोज १ गते सोही वडाका एक महिलामा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा परेका ४ मध्ये २ जनाको पोजेटिभ देखिएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाका जनप्रतिनिधि र कर्मचारीहरुसमेत परेकाले उनीहरुको आज पीसीआर टेष्टका लागि स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट नआउन्जेलसम्मको लागि वडा कार्यालय पूर्णरुपमा सिल गरिएको विज्ञप्तीमार्फत वडा अध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिएका छन ।
वडा अध्यक्ष गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनप्रतिनिधि र सबै कर्मचारीको पिसिआर रिपोर्ट नआउदासम्म भोलि असोज ९ गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्म वडाबाट हुने कुनैपनि कामकाज समेत नहुने जनाइएको छ ।
जनप्रतिनिधिसहित सबै कर्मचारी गरी २९ जनाको स्वाव संकलन भएको उनले जनाए ।


