पोखराका ६ सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण, प्रदेशमा थप एकको मृत्यु

-


     मर्दी न्युज    
     असाेज ९ गते २०७७ मा प्रकाशित


पोखरा । पोखराका ६ सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय पुरुष, वडा नम्बर ६ का ४८ वर्षीया महिला तथा ४६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा ८ का १९ र ३९ वर्षीय २ पुरुषलाई पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा १७ का २८ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यसैगरी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङ जिल्लाका सुन्दरबजार नगरपालिका ७ का २९ र ५ का ३० वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण देखिएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय १२ पुगेको छ ।

यस्तै गण्डकी प्रदेशमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । तनहुँको आँबुखैरेनी ३ का ३९ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । भदौ २९ गते चितवनको चितवन मेडिकल कलेजमा भर्ना भएका उनको बिहीबार दिउँसो १ बजेर ५५ मा ज्यान गएको हो । उनलाई भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको कुल सख्ंया ३३ पुगेको छ ।



Tags: