
पोखरा, १० असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज शनिवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख ७१ हजार ११९ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख ३२ हजार ५२४ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १८ हजार ५७० पुगेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४६ लाख ८९ हजार ६१३ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ९ लाख ८७ हजार ५९३ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म २ लाख ३ हजार ६५७ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख ४० हजार ५३७ जनाको ज्यान गएको छ । यसैगरी धेरै ज्यान गुमाउनेको सूचिमा तेस्रो स्थानमा रहेको भारतमा ९२ हजार २९० जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोना निको हुनेको संख्या २ करोड २३ लाख ७४ हजार ५५७ जना रहेको छ ।

