
पोखरा, १० असोज । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शनिवारसम्म होम आइसोलेसनमा ११ हजार २ सय ८ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ७ हजार १ सय ३३ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १८ हजार ३ सय ४१ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ९ लाख ७८ हजार २ सय ४ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शनिवारसम्म क्वारेन्टाइनमा ६ हजार ३ सय ३१ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार १ सय ४७ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ५३ हजार १३ जना रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा ८ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

