
फाइल तस्विर
पोखरा, १० असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जना पुरुषको मृत्यु भएको छ । देशभर आज थप ८ जना पुरुषको मृत्यु भएसँगै मृतकको कुल संख्या ४६७ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुने पुरुषहरुमा सप्तरीका ६३ वर्षीय, काठमाडौंका २० र ७४ वर्षीय गरी दुई जना, भक्तपुरका ८८ वर्षीय, मकवानपुरका ७४ वर्षीया, ललितपुरका ७६ वर्षीय, रुपन्देहीका ७२ वर्षीय र कैलालीका ३० वर्षीय गरी ८ जना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

