
सन थापा, जापान ।
सेप्टेम्वर २६ । जापानमा शनिबार ६ सय ४३ कोरोना संक्रमित थपिएका छन् । हालसम्म जापानभित्र संक्रमित भएका ८१ हजार ८ सय १४ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८२ हजार ५ सय २६ जना पुगेको छ ।
आज टोकियो,ओसाका र ओकिनावा प्रान्तमा एक–एक जना गरी तीन जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ सहित जापानभर मृत्यु हुनेको संख्या १ हजार ५ सय ६० जना पुगेको छ ।
संक्रमित मध्ये ५ हजार २ सय ६० जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ५६ जनाको अवस्था गम्भीर रहेको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना सहित ७४ हजार ८ सय १० जना निको भएका छन् ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २५ हजार १ सय १३, ओसाकामा १० हजार ३ सय ९९, खानागावामा ६ हजार ६ सय ७४,आईचीमा ५ हजार २ सय ५३ फुकुओकामा ५ हजार २३
साईतामामा ४ हजार ५ सय ४४ जना पुगेको छ ।
त्यस्तै चिबामा ३ हजार ७ सय ७०, ह्योगोमा २ हजार ६ सय ५८, ओकिनावामा २ हजार ४ सय सात, होक्काईदोमा २ हजार ३९ र क्योतोमा १ हजार ७ सय २६ जना पुगेको छ ।

