पोखराका २१ जनासहित गण्डकी प्रदेशमा थपिए ७१ कोरोना संक्रमित

-


     मर्दी न्युज    
     असाेज ११ गते २०७७ मा प्रकाशित


पोखरा । पोखरामा २१ जनासहित गण्डकी प्रदेशमा आज ७१ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विज्ञप्ती अनुसार पोखराका २१ सहित गण्डकी प्रदेशका ४ जिल्लामा गरी ७१ जना कोरोना संक्रमित थपिएका छन ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीका २१ जना, लमजुङका १६ जना, बागलुङका ३१ जना र नवलपुरका ३ जना गरी ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीका संक्रमितमध्ये पोखरा महानगरपालिकाका–३ का २७ वर्षीय पुरुष र वडा नं १५ का ३८ वर्षीय पुरुष गरी २ जना नेपाल प्रहरीमा कार्यरत हुन् भने वडा नं ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदार हुन् । त्यस्तै लमजुङ जिल्ला, मध्यनेपाल–६ का ३५ वर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक हुन् । बाग्लुङ जिल्लाका धेरैजसो संक्रमित भारतबाट र केहि संक्रमित जापान, ओमान, दुबई, क्यानाडाबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन भने अन्य कन्ट्याक ट्रेसिङबाट पहिचान भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन ।



Tags: