थप १५७३ जनामा कोरोना संक्रमण, ८५५ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     असाेज ११ गते २०७७ मा प्रकाशित


पोखरा, ११ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आइतबारसम्म होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १९ हजार १९ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ९ लाख ८८ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी आइतबारसम्म क्वारेन्टाइनमा ६ हजार २ सय ८१ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ८ सय ५५ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ५३ हजार ८ सय ९८ रहेको प्रवक्ता डा गौतमले बताए ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा १० जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।



Tags: