
पोखरा, ११ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । देशभर आज थप १० जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४७७ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा १ महिला र ९ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंका ५० वर्षीया रहेका छन् ।
यस्तै पुरुषहरुमा बाराका २० वर्षीय, ललितपुरका ४२ र ७७ वर्षीय गरी २ जना, काठमाडौंका ६१ र ६२ वर्षीय परुष, रुपन्देहीका ७२ वर्षीय, बर्दियाका ५० र ६३ वर्षीय र अछामका ३४ वर्षीय पुरुष गरी ९ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

