
पोखरा । अख्तियारका २ कर्मचारीसहित गण्डकी प्रदेशमा फेरि ३३ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको दोस्रो पटक जारी विज्ञप्ती अनुसार कास्कीका ३ सहित गण्डकी प्रदेशका ६ जिल्लामा गरी ३३ जना कोरोना संक्रमित थपिएको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा अख्तियारका दुई कर्मचारीसहित कास्कीमा ३ जना, लमजुङका ५ जना, स्याङ्जाका २ जना, नवलपुरका १५, तनहुँका ६ र पर्वतका २ जना गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नवलपरासी (ब.सु.पू.), कावासोती–६ का ३८ वर्षीय पुरुष देबचुली नगरपालिका अन्तर्गतका वार्ड सचिब हुने भने देबचुली वार्ड नं १० र १२ का २ जना पुरुष, स्याङ्जा जिल्लाका २ जना पुरुषहरु गरि ४ जना भारतबाट आएकाहरु हुन । त्यस्तै पर्बत जिल्ला, कुश्मा नगरपालिकाका २ जना पुरुष नेपाल आर्मीमा कार्यरत हुन भने अन्य कन्ट्याक ट्रेसिङबाट पहिचान भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएका छन ।
यसअघि आजै मात्र गण्डकी प्रदेशमा कास्की, लमजुङ, बागलुङ र नवलपुर गरी ४ जिल्लाका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।



