
पोखरा, १३ असोज । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वमा सोमवार बिहानसम्म ज्यान गुमाउनेको संख्या १० लाख ८ सय २६ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ । अमेरिकामा सोमवार बिहानसम्म ज्यान गुमाउनेको संख्या २ लाख ५ हजार ६२ जना पुगेको छ । त्यस्तै ब्राजिलमा १ लाख ४२ हजार ५८ पुगेको छ ।
यसैगरी धेरै ज्यान गुमाउनेको देशको सूचीमा तेस्रो स्थानमा रहेको भारतमा ९५ हजार ५ सय ४२ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अध्यावधिक विवरण अनुसार विश्वभर संक्रमितको संख्या ३ करोड ३२ लाख ७९ हजार ४ सय ८८ पुगेको छ ।
यसैगरी विश्वभर कोरोना निको भई घर फर्किनेको संख्या २ करोड ३० लाख ६४ हजार २६० जना रहेको तथ्याङ्कमा उल्लेख छ ।

