जापानमा ५१८ जना कोरोना संक्रमित थपिए, सात जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज १३ गते २०७७ मा प्रकाशित


सन थापा, जापान
सेप्टेम्वर २९ । जापानमा मंगलबार ५ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म जापानभित्र संक्रमित भएका ८३ हजार १ सय १५ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८३ हजार ८ सय २७ जना पुगेको छ ।

मंगलबार टोकियो, चिबा, ओसाका, खानागावा, फुकुओका, साईतामा र आईचीमा प्रान्तमा एक(एक जना गरी सात जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ सहित जापानभर मृत्यु हुनेको संख्या १ हजार ५ सय ८१ जना पुगेको छ ।

संक्रमित मध्ये ५ हजार ३ सय ७३ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ६१ जनाको अवस्था गम्भीर रहेको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना सहित ७६ हजार १ सय १८ जना निको भएका छन् ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २५ हजार ५ सय ४७, ओसाकामा १० हजार ५ सय ३४, खानागावामा ६ हजार ८ सय १४, आईचीमा ५ हजार ३ सय ५९, फुकुओकामा ५ हजार ३२,
साईतामामा ४ हजार ६ सय २१ जना पुगेको छ ।

त्यस्तै चिबामा ३ हजार ८ सय ४७, ह्योगोमा २ हजार ७ सय चार, ओकिनावामा २ हजार ४ सय ६० , होक्काईदोमा २ हजार ९१ र क्योतोमा १ हजार ७ सय ४७ जना पुगेको छ ।