गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार ६५ जना

-


     मर्दी न्युज    
     असाेज १४ गते २०७७ मा प्रकाशित


पोखरा, १४ असोज । गण्डकी प्रदेशमा मंगलवारसम्म सक्रिय संक्रमितको संख्या एक हजार ६५ जना रहेको छ । मंगलवार कास्कीका २६ जनासहित प्रदेशमा थप ४१ जना कोरोना संक्रमित भेटिएसँगै सक्रिय संक्रमितको संख्या १ हजार ६५ जना पुगेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ३३ पुगेको छ भने निको हुनेको संख्या २ हजार ७ सय ३५ पुगेको छ ।

निर्देशनालयका अनुसार मंगलवार ३ सय ९२ जनाको कोरोना परीक्षण गर्दा ४१ जनामा कोरोना पोजिटिभ देखिएको हो । पोजिटिभ देखिनेमा नवलपुरका ५ जना, स्याङ्जाका ३, कास्कीका २६, तनहुँका ४ जना र गोरखाका ३ जना गरी ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ३३ जनाले ज्यान गुमाएको छ । सबैभन्दा धेरै मृत्यु हुने जिल्लामा कास्की रहेको छ । हालसम्म कास्कीका ११ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै गोरखाका ६, तनहुँका ५, नवलपुरका ६, स्याङ्जाका ३, बागलुङका र म्याग्दीका १/१ जना गरी ३३ जना रहेका छन् ।



Tags: