
पोखरा, १५ असोज । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार १० बजे जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका नवलपुर र बागलुङका गरी ११ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
नवलपुरको देवचुलीका १ जना र कावासोतीका ४ जना गरी ५ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराए ।
त्यस्तै बागलुङ जिल्लाको निसीखोलाका ३ जना र गलकोटका ३ जना गरी ६ जना रहेका छन् । निर्देशनालयका अनुसार बाग्लुङ जिल्ला, निसिखोलाका तिनैजना भारतबाट र गल्कोट–४ का २७ बर्षीय पुरुष रौतहट जिल्लाबाट आएका व्यक्तिहरु हुन् भने नवलपरासी (ब.सु.पू) जिल्ला, देबचुली–२ का ४३ वर्षीय पुरुष सोहि वार्ड कार्यालयमा कार्यरत हुन् । अन्य बाँकी संक्रमित भने कन्ट्याक ट्रेसिङका आधारमा पहिचान गरिएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय २१ पुगेको छ ।


