गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९४९ पुग्यो

-


     मर्दी न्युज    
     असाेज १५ गते २०७७ मा प्रकाशित


पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीको पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ४९ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका दुई जिल्लामा थप नयाँ ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा बागलुङका ४ जना र तनहुँका ५ जना रहेका छन् ।

यसअघि निर्देशनालयको दोस्रो विज्ञप्तिअनुसार कास्कीका १६ जनासहित प्रदेशमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि कोरोना पुष्टि हुनेमा भारतबाट आएका र आयल निगम गगनगौंडा डिपोमा कार्यरत कर्मचारी रहेका छन् ।



Tags: