
पोखरा, १५ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । देशभर आज थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा १ महिला र १० जना पुरुष रहेका छन् । मृतकमा महिलामा बाँकेका ३४ वर्षीया रहेका छन् ।
यस्तै पुरुषहरुमा सुनसरीका २७, ५० र ५६ वर्षीय, काठमाडौं ६८ र ७८ वर्षीय, भक्तपुरका ६८ वर्षीय, ललितपुरका ४८ वर्षीय र रुपन्देहीका ४२, ५५ र ८० वर्षीय गरी १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

