
पोखरा । पोखरामा ७ जनासहित गण्डकी प्रदेशमा २६ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विज्ञप्ती अनुसार पोखराका ७ सहित गण्डकी प्रदेशका ४ जिल्लामा गरी २६ जना कोरोना संक्रमित थपिएका छन ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीका ७ जना, लमजुङका १० जना, बागलुङका ६ जना र म्याग्दीका ३ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
म्याग्दी जिल्लाका सबैजना र लमजुङ जिल्ला दुधपोखरी–२ का १९ वर्षीय पुरुष, मध्यनेपाल–६ का २२ वर्षीय पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन भने अन्य कन्ट्याक ट्रेसिङबाट पहिचान भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


