नेपालमा पहिलोपटक कोरोना संक्रमित डाक्टरको निधन

-


     मर्दी न्युज    
     असाेज १५ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

नेपालमा कोरोना संक्रमणका कारण पहिलोपटक चिकित्सकको मृत्यु भएको छ। प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत् प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोभिड–१९ का कारण मृत्यु भएको हो। 

भेरी अस्पतालमा दरबन्दी रही सुर्खेतस्थित प्रादेशिक अस्पतालमा कार्यरत बाँकेको खजुरा-३ घर भएका ५९ वर्षीय सापकोटाको बिहीबार दिउँसो ३ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए।

डा सापकोटा वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ हुन् ।



Tags: