गण्डकी प्रदेशमा आज मात्रै ६५ जनामा कोरोना पुष्टि

-


     मर्दी न्युज    
     असाेज १५ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा आज बिहीबार मात्रै ६५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ७ जिल्लाका ६५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमण हुनेमा सबैभन्दा धेरै कास्कीका रहेका छन् । कास्कीमा मात्रै आज २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमण पुष्टि हुनेमा बागलुङका १६, लमजुङका १०, तनहुँ र नवलपुरका ५/५, स्याङ्जा र म्याग्दीका ३/३ जना रहेका छन् ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ९ सय ७५ पुगेको छ । तीमध्ये २ हजार ७ सय ९३ जना निको भएका छन् भने ३३ जना संक्रमितको मृत्यु भएको छ ।



Tags: