जापानमा कोरोना संक्रमणबाट १५९६ जनाको मृत्यु, बिहीबार थप ६३७ जना संक्रमित

-


     मर्दी न्युज    
     असाेज १५ गते २०७७ मा प्रकाशित


सन थापा, जापान
अक्टोवर १ । जापानमा कोरोना संक्रमणबाट १ हजार ५ सय ९६ जनाको मृत्यु भएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । जसमध्ये योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना हुन् ।

बिहीबार ओसाकामा तीन, खानागावामा दुई, टोकियो र क्योतोमा एक(एक जना गरी आठ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म जापानभित्र संक्रमित भएका ८४ हजार ३ सय ३५ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८५ हजार ४७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना सहित ७७ हजार २ सय ४९ जना निको भएका छन् । त्यस्तै ५ हजार २ सय ९८ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २५ हजार ९ सय ७३, ओसाकामा १० हजार ६ सय ६९, खानागावामा ६ हजार ९ सय ७०, आईचीमा ५ हजार ३ सय ९६, फुकुओकामा ५ हजार ४४, साईतामामा ४ हजार ६ सय ८२ जना पुगेको छ ।

त्यस्तै चिबामा ३ हजार ९ सय १९, ह्योगोमा २ हजार ७ सय ३८, ओकिनावामा २ हजार ५ सय १६, होक्काईदोमा २ हजार १ सय २६ र क्योतोमा १ हजार ७ सय ६७ जना पुगेको छ ।