
पोखरा । पोखराका ७ जनासहित गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको शुक्रवार जारी विज्ञप्तिअनुसार पोखराका ७ सहित गण्डकी प्रदेशका ३ जिल्लामा गरी ११ जना कोरोना संक्रमित थपिएका छन ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङका २ जना र स्याङ्जाका २ जना गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयल गण्डकीले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणबाट पहिचान भएका सबै संक्रमितहरु सोहि अस्पतालको फिभर क्लिनिकमा परिक्षणको लागि आएकाहरु भएको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ८६ पुगेको छ ।
