
पदयात्रा तथा पर्बतिय पर्यटन मजदुर कल्याणकारी कोष संचालन सुझाव अथवा कार्यविधि बनाउने समितिमा छनोट भएका पर्यटन मजदुर संघर्ष समितिका अध्यक्ष प्रकाश घायल राईसंग मर्दी न्युज सम्पादक शेषकान्त शर्माले कोभिड-१९ को कारण मजदुरहरुमा परेको समस्या, पर्यटन मजदुर संघर्ष समितिको औचित्य तथा आवश्यकता, मजदुर संबद्ध अन्य संगठनहरुको भूमिका तथा भाबी योजना बारेमा गरेको कुराकानीको सम्पादित अंश यसप्रकार छ ।
टिगान तथा युनिट्राभ जस्ता संगठनहरुले निष्क्रियता देखाएको र पीडित मजदुरहरुको न्यायको निम्ति नबोलिदिएको कारण नै पर्यटन मजदुर संघर्ष समितिको जन्म भएको हो । हामीसङ्ग प्रमाणहरु काफी छन कि लु अगाडी बढनुस हामी साथ दिन्छौ भनेका थियौ त्यो बेला हामी आन्दोलन गर्ने पक्षमा छैनौ भनेर बारम्बार खबर आएपछि यो संस्थाहरु हाम्रो रहेनछ भन्ने बिस्वास टुटे पछि संघर्ष समिति बल्ल सक्रिय भएर अगाडी बढेको हो ।
त्यसै कारणले ती संस्थाहरु हामी आन्दोलनमा होमिएका बेला पनि कुरा काटदै बसेका थिए । हामिले जब प्रष्टसंग मजदुरका आवाज बहसमा ल्यायौ त्यसपछि केही संस्थाहरुले रुवाबासी गरिरहेका छन । हामिले आन्दोलनको बेला सहकार्य, साथ, नेतृत्वको लागि कति भिख मागेर हिडयौ त्यो पत्रहरु ईमेल लगायत अझै हामीसँग सुरक्षित छन ।
तैपनि, अझै आउनुहोस साथ दिनुहोस भनिरहेकै छौ र अर्को कुरा यो टिम्सको पैसा अब क-कस्लाई दिन पाउने र अधिकार क्षेत्रभित्र कुन कुन श्रमिकहरु पर्दछन भन्ने बिषयमा हामी गम्भीर छौ । कार्यविधिभित्र केही श्रमिकहरु नपरे पनि सकुन्जेल सबै पर्यटन श्रमिकहरुलाई ओगट्ने गरि पर्यटन क्षेत्रका सम्पुर्ण श्रमिकहरुलाई दुस्खको बेला मलम लगाइदिनको लागि या केही राहत महसुस गराउनको लागि पर्यटन मजदुर संघर्ष समिति अहोरात्र खटिरहेको छ ।
केहि साथिहरु ब्यक्तिगत इस्यु बनाई हाम्रो कार्यमा बिमति जनाउदैछन भन्ने हल्ला सुनियो, हाम्रो बिरोध गर्नुपर्ने कुनै कारण छैन किनकि हामिले सकभर सबैलाई न्याय र मलम लगाउनु पर्छ भनेर नै थुप्रै पर्यटन क्षेत्रका बिज्ञहरुसँग सरसल्लाह सुझाब संकलनमा छौ । संघर्ष समिति भनेको पर्यटन श्रमिकहरुको अधिकार र अस्तित्वको निम्ति बोल्दछ, यो हाम्रो ऐतिहासिक ढोका हो, यो ढोका कहिल्यै बन्द हुदैन र यो ढोका भित्र सबै श्रमिकहरु अटाइनेछ ।
कल्याणकारी कोषको बजेट कार्यन्वयनमा ल्याउनको लागि कार्यसमितिभित्र संघर्ष समिति छिर्यो हामी छिरेनौ भन्ने लाग्नेहरुलाई संघर्ष समिति अगाडी बढयो भनेर रुवाबासी गर्नु भन्दा संघर्ष समितिलाई साथ दिन र सके आएर नेतृत्व गर्न हाम्रो ढोका सधै खुल्लै रहनेछ ।
अब बन्ने कार्यबिधिले आउने दिनहरुमा श्रमिकहरुको न्याय होस र हाम्रो कार्यविधि पास नगर्ने नहुने भएमा पुन संघर्ष समितिको अध्यक्षको नाताले म प्रकाश घायल राई उक्त पर्यटन बोर्डले बनाएको सदस्यताबाट राजिनामा दिई पुन: सडक आन्दोलनमा आउने प्रतिबद्धता व्यक्त गर्दछु किनभने श्रमिकहरुको दुख श्रमिकहरुले मात्र बुझ्ने र थाहा पाउने हुन्छ ।