
पोखरा, २४ असोज । पोखराका ६ जनासहित गण्डकी प्रदेशमा ३१ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको शनिवार दोस्रोपटक जारी विज्ञप्तिअनुसार कास्कीका ६ जनासहित गण्डकी प्रदेशका ४ जिल्लामा गरी ३१ जना कोरोना संक्रमित थपिएका हुन् ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका ६, म्याग्दीका १, नवलपरासी (ब.सु.पू.)का २३ र लमजुङका १ जना गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये पोखरा महानगरपालिका–१९ का २३ वर्षीय पुरुषबाहेक कास्कीका सबैजना र म्याग्दी जिल्ला, बेनी नगरपालिकाका ५४ वर्षीय महिला गरि ६ जना संक्रमित फेवासिटी अस्पतालमा उपचारको लागि आएकाहरु हुन् भने अन्य सबै संक्रमित कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ७९ पुगेको छ ।


