नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिए

-


     मर्दी न्युज    
     असाेज २८ गते २०७७ मा प्रकाशित


पोखरा, २८ असोज । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधवार नेपालमा कुल संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ७६ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बुधवारसम्म होम आइसोलेसनमा २१ हजार ५ सय ४८ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १४ हजार ८ सय १९ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३६ हजार ३ सय ६७ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १२ लाख २१ हजार ३ड जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा ४ हजार ६ सय ६६ जना रहेका छन् । पछिल्लो २४ घन्टामा २ हजार १ सय ७४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ८० हजार ९ सय ५४ रहेको प्रवक्ता डा. गौतमले बताए ।