
झापा । झापामा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का थरका ५८ बर्षीय पुरुष र शिवसताक्षी–११ दुधेका ५६ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
बिहीबार स्वाव संकलन गरिएका दमकका पुरुषको शुक्रबार रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट आएकै बेलुकी उनको घरैमा मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
त्यस्तै क्यान्सरको उपचार गराइरहेका शिवसताक्षीका पुरुषको पनि शुक्रबार नै रिपोर्ट पोजेटिभ आएको थियो । उनको पनि त्यसै दिन राति मृत्यु भएको थियो ।
योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

