सरकारको प्रवक्तामा मन्त्री पार्वत गुरुङ

-


     मर्दी न्युज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित


काठमाण्डौं । मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई दिने निर्णय गरेको छ ।

वर्तमान सरकारको प्रवक्ता बन्नेमा मन्त्री गुरुङ चौथा प्रबक्ता हुन् । पहिलो प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदमुक्त भएपछि दोस्रो प्रबक्तामा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा प्रबक्ता बनेका थिए । अर्थमन्त्री खतिवडा पनि पनि पदमुक्त भएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारका तेस्रो प्रवक्ता बनेका थिए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट मन्त्री गुरुङलाई गएको असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्तासमेत तोकिएका थिए । मन्त्री गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने सम्बद्ध स्रोतले बताएको छ ।