
फाईल तस्बिरः मनशान्त घिमिरे
स्वदेशी पर्यटकको अत्यन्तै चहलपहल हुने तथा अध्याधिक रुचाईएको गन्तब्य धम्पुस, अष्ट्रेलियन क्याम्प र मर्दि हिमाल पदयात्रामा पर्यटकलाई ७२ घण्टा भएको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमण र त्यस रुटमा चहलपहल बढि भएको र स्थानिय स्तरमा संक्रमण बढ्न सक्ने खतरा औल्याउँदै स्थानियले जनप्रतिनिधिलाई सचेत गराएको कारणले माछापुच्छ्रे गाउँपालिकाका वडा नं ७, ८ र ९ तथा अन्नपूर्ण गाउँपालिकाका वडा नं ६ र ७ को संयुक्त बैठक बसि २०७७/७/२१ गते देखि पर्यटकलाई अनिवार्य पिसिआर नेगेटिभ रिपोर्ट लिएर मात्र प्रबेश गर्ने निर्णय गरेको मर्दि ट्रेक पर्यटन ब्यबस्थापन तथा ब्यबसाय समितिका अध्यक्ष पूर्ण गुरुङले बताए ।
नेपाल सरकारले निर्देशित गरेको हेल्थ प्रोटोकलको ब्यबसायीले समेत पूर्ण रुपमा पालन गरिएको र नेपाल सरकार तथा स्थानिय निकायले आबश्यक ठहरेमा होटलहरु पूर्णरुपमा बन्द गर्ने समेत निर्णय भएको मर्दि हिमाल पर्यटनका अभियन्ता, ब्यबसायी तथा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका सचिब सुदिप गौतमले बताए ।
यातायातको हकमा पर्यटकलाई छुट्टै र स्थानियलाई छुट्टै किसिमका सबारी साधनहरु समेत प्रयोग गरिने बैठकमा छलफल भएको धम्पुस पर्यटन उपसमितिका अध्यक्ष असिम गुरुङले बताए ।
यस क्षेत्रको धम्पुसमा ३०, अष्ट्रेलियन क्याम्पमा ६, पोथनामा ५, पितम देउरालीमा २ र मर्दि हिमाल रुटमा ४२ गरि कुल ८५ वटा होटलहरु पर्यटकलाई सेवा दिइरहेका छन् ।

