आज ३११४ जनामा कोरोना संक्रमण, ३१४२ संक्रमण मुक्त

-


     मर्दी न्युज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित


पोखरा, १८ कार्तिक । पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मंगलवारसम्म आइसोलेसनमा ३७ हजार ४ सय ७६ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३७ हजार ४ सय ७६ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ७ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १४ लाख ८० हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी मंगलवारसम्म क्वारेन्टाइनमा १ हजार २ सय ७७ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा ३ हजार १ सय ४२ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९९ रहेको प्रवक्ता डा. गौतमले बताए ।