
पोखरा, १९ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ७८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बुधवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ७८ लाख ३४ हजार ५४९ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ९६ लाख ९० हजार ७५५ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख १२ हजार ९४७ पुगेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५५ लाख ६७ हजार १२६ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या १२ लाख १९ हजार ६८६ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म २ लाख ३८ हजार ६३७ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख ६० हजार ५४८ जनाको ज्यान गएको छ । यसैगरी धेरै ज्यान गुमाउनेको सूचिमा तेस्रो स्थानमा रहेको भारतमा १ लाख २३ हजार ६५० जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोना निको हुनेको संख्या ३ करोड ४३ लाख ४३ हजार ९१६ जना रहेको छ ।