टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका सदस्यहरुको चुनावी नतिजा सार्वजनिक

-


     मर्दी न्युज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित


पोखरा । पदयात्रा व्यवसायीहरुको संस्था ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको नयाँ कार्यसमिति चयनका लागि आज भएको निर्वाचनमा सदस्यहरुको मत परिणाम सार्वजनिक भएको छ ।

आगामी २ वर्षका लागि कुल ६ सदस्य पदमा ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए । सदस्य पदको निर्वाचनमा विकास गुरुङले ७८ मत, दीपक सापकोटाले ७८, अनिल थापाले ७५, मोहनप्रसाद सुवेदी ६५, गोपालकृष्ण संग्रौला ६४ र लक्ष्मी कोइरालाले ६३ मत ल्याएर विजयी भएका छन् । सदस्य पदका लागि विजयी उम्मेदवारसँगै कालिबहादुर नेवाङ, चन्द्रबहादुर भुुजेल, अमृतप्रसाद तिवारी, जुना अधिकारी र नवराज श्रेष्ठ पनि चुनावी मैदानमा थिए ।

यसअघि अध्यक्ष पदमा शुशिल पौडेल र सचिवमा मिलन तिवारी सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, कोषाध्यक्ष, र सहसचिव पदको लागि भएको निर्वाचनको परिणाम आउन भने बाँकी छ ।