१० लाख घुससहित विद्युत प्राधिकरणका इञ्जिनियर पक्राउ

-


     मर्दी न्युज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले १० लाख रुपैयाँ घुस रकमसहित विद्युत् प्राधिकरणका इञ्जिनीयर ईश्वरीप्रसाद जैसवाललाई पक्राउ गरेको छ।

हेटौंडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इञ्जिनीयर जैसवाललाई आयोगले बिहीबार साँझ रंगेहात पक्राउ गरेको हो।

अख्तियारका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको टोलीले जैसवालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको बोगटीले जानकारी दिए। ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिियिर जैसवालले १० लाख रुपैयाँ घुस मागेका थिए। – रासस