थप २९०९ जनामा कोरोना संक्रमण, ४५०० जना डिस्चार्ज

-


     मर्दी न्युज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित


पोखरा, २१ कात्तिक । पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना संक्रमणमुक्त भएका हुन् । यससँगै कुल १ लाख ५२ हजार ९ सय ८ जना संक्रमणमुक्त भएका छन् । देशभर ३४ हजार ९०५ संक्रिय संक्रमित छन् ।

नेपालमा कुल संक्रमितमध्ये एक हजार ७० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।