जापानमा ११४० जना कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित


सन थापा, जापान ।
नोभेम्बर ६ । जापानमा शुक्रबार १ हजार १ सय ४० जनामा कोरोना संक्रमित थपिएका छन् । जापानभित्र संक्रमित १ लाख ६ हजार २ सय २१ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना गरी कोरोना संक्रमितको संख्या १ लाख ६ हजार ९ सय ३३ जना पुगेको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित १ हजार ८ सय २५ जना पुगेको छ । होक्काईदो, चिबा, कुमामोतो र खानागावा प्रान्तमा एक(एक गरी चारजनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित जापानमा ९६ हजार ४ सय १५ जना कोरोना संक्रमित निको भएका छन् ।

एनएचकेका अनुसार संक्रमितमध्ये ७ हजार १ सय ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ सय ८९ जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या ३२ हजार १ सय ३५, ओसाकामा १३ हजार ४ सय ८५, खानागावामा ९१ हजार १ सय २३, आईचीमा ६ हजार ६ सय ३०, साईतामामा ६ हजार १ सय २९, फुकुओकामा ५ हजार २ सय ६८ जना पुगेको छ ।

त्यसैगरी चिबामा ५ हजार २ सय ३४, होक्काईदोमा ३ हजार ६ सय ८१, ओकिनावामा ३ हजार ४ सय ५६, ह्योगोमा ३ हजार ४ सय ५५ र क्योतोमा २ हजार १ सय २५ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा २ सय ४२, ओसाकामा १ सय ६९, होक्काईदोमा १ सय १५, खानागावामा १ सय चार जना थपिए भने १० प्रान्तमा संक्रमण दर शून्य रह्यो ।