नेप्से बढ्ने क्रम जारी, आज पनि दोहोरो अंकले बढ्यो

-


     मर्दी न्युज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित


पुँजी बजार निरन्तर बढेर २०७३ कात्तिकपछिकै उच्च बिन्दुमा पुगेको छ । कारोबार पनि दसैंपछिकै उच्च भएको छ ।

साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा दोहोरो अंकको वृद्धि जारी रह्यो । बिहीबार सेयर बजार परिसूचक नेप्से १०.८२ अंकले बढेर १७१८.४९ विन्दुमा पुग्यो । बुधबार पनि नेप्से २६ अंकले बढेको थियो ।

आइतवारदेखि निरन्तर बढेर बजार यो दिन पनि १० दशमलव ८२ अंकले बजार बढेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीवार १ हजार ६३६ दशमलव १७ विन्दुमा बन्द भएको बजार यो साता ८२ दशमलव ३२ अंक माथि उक्लिएको हो ।

यसदिन बैंकिङ, व्यापार, निर्जीवन बीमा, अन्य समूहमा दोहोरो अंकको वृद्धि आएसँगै नेप्से पनि दोहोरो अंकले बढेको हो । व्यापार समूह सबैभन्दा उच्च १६४ अंकले बढ्यो । निर्जीवन बिमा ३९ अंकले बढ्यो भने टेलिकम सूचीकृत अन्य समूहमा पनि २८ अंकको वृद्धि आयो ।

बिहीबार १९८ ओटा कम्पनीको ४९ हजार ११७ पटकको व्यापारमा रू. ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार बराबरको १ करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।