
पोखरा, ३ मंसिर । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको पछिल्लो अध्यावधिक विवरणअनुसार प्रदेशमा थप २५ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार निर्देशनालयको तेस्रो अध्यावधिक विवरणअनुसार २५ जना कोरोना संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ५ सय ३७ जना पुगेको छ ।
संक्रमित हुनेमा कास्कीका २०, तनहुँका ३ र स्याङ्जाका २ गरी २५ जना रहेका छन् ।
यसअघि आजै निर्देशनालयको पहिलो विज्ञप्तिअनुसार प्रदेशमा थप ११ र दोस्रोमा ४ जना नयाँ संक्रमित थपिएका छन् ।


