
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । लगातार उकालो लागेको बजारमा आज पनि कारोवार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेप्से मात्रै नभइ कारोवार रकमले समेत नयाँ उचाइ हासिल गरेको छ ।
साताको अन्तिम कारोबार दिन सेयर बजारमा आज एकै दिन कारोबार रकम ६ अर्ब नाघेको छ।
आज १ सय ९८ कम्पनीको कारोबार भएकमा १ करोड ४० लाख कित्ताभन्दा बढी सेयर बिक्री भएको छ। दिनभरिमा ५६ हजार ३ सय ४१ पटक किनबेचपछि कुल कारोबार ६ अर्ब ११ करोडको कारोबार भएको हो।
कारोवारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड आठ लाख ४५ हजार ३१० बराबरको कारोवार भयो ।
यस्तै हिमालयन डिस्टिलरी २७ करोड सात लाख ५३ हजार ५३९, नेपाल लाइफ इन्स्योरेन्स २६ करोड १२ लाख ९९ हजार ६५१, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी १८ करोड ४३ लाख १७ हजार ४०९, नेपाल दूरसञ्चार कम्पनी १७ करोड ३१ लख ५६ हजार १५२, नेको इन्स्योरेन्स १६ करोड ७७ लाख ९५ हजार ५३७, शिवम् सिमेन्ट १६ करोड १८ लाख ६२ हजार ७६७ र एनआइसी एशिया बैंक १५ करोड ६० लाख ८० हजार बराबरको कारोवार भइ शीर्षस्थानमा रहे ।
बिहीवार कारोबारमा आएका १२ ओटै समुहको परिसूचक बढेको छ । यस दिन व्यापारिक समुहको परिसूचक सर्वाधिक ९ दशमलव ९४ प्रतिशत बढेको हो ।
त्यस्तै होटल समुहको ९ दशमलव ३८ प्रतिशत, बैंकिङ्कको शून्य दशमलव २१ प्रतिशत, विकास बैंकको १ दशमलव ४ प्रतिशत, जलविद्युतको १ दशमलव ५२ प्रतिशत, वित्तको १ दशमलव ५७ प्रतिशत, निर्जीवन बीमाको ४ दशमलव ३३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ५ दशमलव ६४ प्रतिशत, अन्यको ४ दशमलव ४३ प्रतिशत, लघुवित्तको १ दशमलव ७ प्रतिशत, जीवन बीमाको ३ दशमलव ५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६३ प्रतिशत परिसूचक बढेको हो ।